घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय

उज्यालो प्रतिनिधि २५ बैशाख २०८३, शुक्रबार समाचार

तनहुँ, यहाँका गुरुङ बस्तीमा यतिबेला परम्परागत घाँटुनाच संरक्षणप्रति विशेष चासो दिन थालिएको छ । लोपोन्मुख बन्दै गएको यस मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले गाउँगाउँमा घाँटुनाचलाई चासो दिन थालिएका हुन् ।

भानु नगरपालिका–१३ बास्पानी, बन्दीपुरको आरथुम्का, आँबुखैरेनी गाउँपालिकाको भोटेश्वारा, दमौली, पुलिमर्याङ, टुटेपानी, हिलेखर्कलगायत होमस्टे गाउँमा वैशाख पूर्णिमादेखि घाँटुनाच सुरु भइरहेको छ । यसले गाउँमा सांस्कृतिक रौनकता थप्नुका साथै आन्तरिक पर्यटकको आगमनसमेत बढाएको स्थानीयवासी बताउँछन् । जिल्ला समन्वय समिति तनहुँका पूर्वसदस्य गलबहादुर गुरुङका अनुसार घाँटुनाचले गाउँको मौलिक संस्कृति, एकता र परम्पराको अनुपम झल्को दिन्छ ।

“घाँटु चल्दा पाहुनाको जमघट बढेको छ, यसले होमस्टेमा बसोबास गर्ने पर्यटकलाई जीवन्त संस्कृति अनुभव गर्ने अवसर दिएको छ”, उनलेभने । पर्यटनविज्ञ हरिसिंह गुरुङ घाँटुजस्ता मौलिक संस्कृतिलाई ग्रामीण पर्यटनको मेरुदण्ड मान्नुहुन्छ । “पर्यटक स्थानीय मौलिकता हेर्न गाउँ पुग्छन् । घाँटुनाचलाई व्यवस्थित रूपमा संरक्षण र प्रदर्शन गर्नसके यसले ग्रामीण अर्थतन्त्र उकास्न ठूलो योगदान पुर्याउँछ”, उहाँको भनाइ छ ।

पन्ध्रौँ शताब्दीतिर सुरु भएको मानिने घाँटुनाचमा रजस्वला नभएका कन्यालाई राजा परशुराम र रानी यम्फावतीको प्रतीकका रूपमा नचाइन्छ । तनहुँ, चितवन र गोरखा क्षेत्रमा बिजोर सङ्ख्यामा कन्यालाई ‘घाँटुनी’ बनाएर नचाउने परम्परा छ ।

अभियान्ता रञ्जित गुरुङका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण गर्न विशेष प्रशिक्षणसमेत सञ्चालन गरिएको थियो । ‘सति’ र ‘बाह्रमासे’ दुई प्रकारमध्ये सतिघाँटु पञ्चमीका दिन पूजा गरी चण्डीथानजस्ता पवित्र स्थानमा सेलाएर यस वर्षका लागि समापन गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार