मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना

उज्यालो प्रतिनिधि २४ बैशाख २०८३, बिहीबार समाचार
बागमती,  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मातृभाषाहरुको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।
बागमी प्रदेश सरकारले ‘प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०’ कार्यान्वयन गरी भाषा दिवस मनाइरहेको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले उक्त कुरा बताएका हुन् ।
सन्देशमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार बहुभाषिक नीतिलाई व्यवहारमा उतार्दै मातृभाषाहरुको सम्मान, शिक्षा र प्रयोगलाई बढावा दिन निरन्तर प्रयत्नशील रहेको उल्लेख गरेका छन् । साथै उनले सबै भाषाहरुको संरक्षण, प्रवद्र्धन र विकास गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् ।
“प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०” कार्यान्वय गरी बागमती प्रदेश सरकारले तामाङ, नेपाल भाषा ९नेवारी० लाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा लागु गरेको वैशाख २४ गतेलाई प्रदेश सरकारले भाषा दिवसको रूपमा मनाउँदै आएको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार