एक वर्षमा छ वटा पाटेबाघ मरे

उज्यालो प्रतिनिधि २३ बैशाख २०८३, बुधबार समाचार
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो ।
बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए । उनका अनुसार यस वर्ष मृत भेटिएका बाघमध्ये दुई वटा भाले, तीन वटा पोथी र एउटाको पहिचान हुन सकेको छैन । मृत भेटिएका बाघमध्ये दुई वटा जुधेर मरेका हुन् । तीन वटा उद्धार गरिराखेको अवस्थामा मरेका हुन् भने एउटा प्राकृतिक कारणले मरेको उनले जानकारी दिए ।
अघिल्लो गणनाअनुसार यस निकुञ्जमा १२८ वटा बाघ रहेका थिए । यस वर्ष गरिएको गणनाको नतिजा सार्वजनिक गरिएको छैन ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार