सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु

उज्यालो प्रतिनिधि ४ बैशाख २०८३, शुक्रबार समाचार

काठमाडौँ,काठमाडौँ महानगरपालिकाले सडकआश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।

काठमाडौँलाई सडकआश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार थालेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिए ।

“हामीले सबैलाई सडकबाट उद्धार गरेका होइनौँ, बेसहारा र अशक्तको उद्धार गर्छौँ, शारीरिक अवस्था ठिक भएकालाई माग्ने पेसामा निषेध गर्छौँ”, प्रमुख डङ्गोलले भने ।

पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय पुरुष, रामेछाप घर भएका ५० वर्षीय, ४८ वर्षीय र ४१ वर्षीय गरी तीन जना पुरुष र काभ्रे घर भएका ४८ वर्षीय एक जना र ५० वर्षीय एक जना व्यक्ति गरी छ जनालाई उद्धार गरिएको हो ।

पशुपति क्षेत्रपछि सेवामा खटिएको टोली कालीमाटी पुगेको थियो । कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षीय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षीय एक जना पुरुषको उद्धार भयो । उनिहरू दुवैको अवस्था सामान्य छ । टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार भएको छ ।

उद्धार तथा पहिचान, उपचार तथा पुनःस्थापना कार्यलाई व्यवस्थित बनाउन कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधि सदस्य छन् । समितिको सदस्यसचिवमा सामाजिक विकास विभागका प्रमुख छन् ।

यसरी सहयोगापेक्षीहरूको उद्धार कार्यमा रहेको बेला मानवतामा आधारित काठमाडौँ निर्माण कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डङ्गोलले भने, “सडकमा माग्न बस्नुभएका सबैलाई सहयोग गर्नुपर्ने अवस्थाको हुनुहुन्न । कोहीले माग्ने कामलाई पेसा बनाएका छन् । कोही दुव्र्यसनका कारण पारिवारिक बेमेलका कारण सडकमा आएका छन् । उनिहरूको अवस्थाका आधारमा व्यवस्थापन गर्ने योजनाअनुरूप उद्धार कार्य थालेका हौँ”, उनले भने । कामपाले काठमाडौँलाई सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउने अभियानलाई तीव्रता दिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार