एमाले हाइकमाण्डको ‘कन्तबिजोग’

उज्यालो प्रतिनिधि २३ फाल्गुन २०८२, शनिबार मुख्य नेटवर्क

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को प्रत्यक्षतर्फको प्रतिस्पर्धामा नेकपा एमालेका हाइकमाण्डको कन्तविजोग देखिएको छ । हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार एमालेका हाइकमाण्ड इतिहासकै सबैभन्दा लज्जासपद हार व्यहोरिरहेका छन् । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली सर्वाधिक मतान्तरसहित पराजित हुने निश्चित बनेको छ ।

यो समाचार तयार पार्दासम्मको अवस्थालाई हेर्दा अध्यक्ष ओलीसहित एमालेका १० जना पदाधिकारीले चुनाव हार्ने पक्का भएको छ । एमालेका १९ पदाधिकारीमध्ये ११ जना प्रत्यक्ष निर्वाचनमा होमिएका थिए। तर मतगणनाको अवस्था र सार्वजनिक भइसकेका नतिजाले अधिकांश शीर्ष नेताहरू पराजित हुने लगभग निश्चित छ ।

अध्यक्ष ओली झापाको क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । यहाँबाट उनले यसअघि पटकपटक निर्वाचन जित्दै समेत आएका थिए । त्यस्तै एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचन लडेको क्षेत्र रुपन्देही ५ को चुनावी नतिजा आइसकेको छ । पौडेललाई रास्वपाकै सुलभ खरेलले पराजित गरिसकेका छन् । त्यस्तै गोकर्ण विष्ट चुनाव लडेको गुल्मी २ को अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । विष्ट पनि रास्वपाका गोविन्द पन्थीसँग पराजित भएका छन् । अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ निर्वाचन लडेको लमजुङको पनि अन्तिम नतिजा सार्वजनिक भैसकेको छैन तर त्यहाँ गुरुङ निकै पछि छन् । उनको हार निश्चित छ ।

उता दाङ क्षेत्र नम्बर २ मा निर्वाचन लडेका एमाले महासचिव शंकर पोखरेल रास्वपाकै विपिन आचार्यसँग पराजित भैसकेका छन् । उपमहासचिव लेखराज भट्टको क्षेत्र कैलाली ४ मा मतगणना जारी रहेपनि उनको हार पक्का भइसकेको छ । यस्तै उपमहासचिव रघुवीर महासेठ र धनुषा–मा निर्वाचन लडेपनि रास्वपाका राजकिशोर महतोसँग पराजित भैसकेका छन् ।

काठमाडौँ –४ बाट सचिव राजन भट्टराई, भक्तपुर २ बाट महेश बस्नेत र तेह्रथुमबाट भानुभक्त ढकाल पराजित भैसकेका छन् । सचिव शेरधन राई निर्वाचन लडेको जिल्ला भोजपुरको मतगणना जारी छ । पूर्व मुख्यमन्त्री रहेका राई पनि निर्वाचित हुने सम्भावना कमजोर नै रहेको देखिन्छ । भोजपुरमा हर्क राई नेतृत्वको श्रमसंस्कृति र नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङबिच प्रतिस्पर्धा हुने देखिएको छ । यो समाचार तयार पार्दासम्म एमालेका शेरधन १ हजार मतान्तरले पछि छन् ।

यसरी हेर्दा एमालेका सिंगो पदाधिकारीको टोली नै आगामी ५ वर्षका लागि संसद बाहिर रहने पक्का भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार