‘हाम्रो माया घर’ निर्माणले गति लियो

बर्दिवास। बर्दिवास–२ हङकङडाँडामा ‘हाम्रो माया घर’ को अनावरणार्थ भवन निर्माण तीव्र गतिमा अघि बढ्दैछ। भवन तयार हुनासाथ आश्रय खोजिरहेका अशक्त र बेसहाराले राहतको आशा राखेका छन्। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नौ महिनाअघि शिलान्यास गरेकामध्ये ‘हाम्रो माया घर’ को ५० प्रतिशत काम पूरा भइसकेको छ।

निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार रु १० करोड ६९ लाखको कुल लागतमा दुईवटा भवन बनाइँदैछ। उनले भने, “दुई वर्षभित्र दुवै भवन निर्माण गर्ने लक्ष्य छ।”

पहिलो भवनको काम गत वर्ष साउनमा शिवपुराण महायज्ञबाट संचित रु २ करोडबाट सुरु भएको थियो। त्यसयता विभिन्न दाताबाट प्राप्त सहयोगले निरन्तर काम चलिरहेको छ। केही दिनअघि बर्दिवास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले रु २५ लाख सहयोगको घोषणा गरे भने ॐ समाज डेण्टल अस्पतालका सञ्चालक डा. सुवास घिमिरेले रु ७ लाख ५० हजार उपलब्ध गराए।

अध्यक्ष भट्टराईका अनुसार “पहिलो भवन प्रयोगमा आएपछि दोस्रो भवनमा सुरूवात हुनेछ।”

‘हाम्रो माया घर’ बर्दिवास समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले बताएअनुसार पाँच कठ्ठा १० धुर जग्गा निःशुल्क प्राप्त गरेर योजना अगाडि बढाइएको हो। यहाँ मधेसभरके सडकमानव, असहाय बालबालिका, अपाङ्ग, बेसहारा र परिवारबाट बेदखल वृद्धवृद्धालाई आश्रय दिइनेछ।

दुवै भवन बालमैत्री र अपाङ्गमैत्री डिजाइनका हुनेछन्। दुई सय जनासम्म आश्रित समायोजन गर्न मानवोचित व्यवस्था गरिनेछ। खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षा सुविधासहित बालबालिकालाई सामाजिक पुनर्स्थापना गरिने समितिको योजना छ।

 

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार