‘सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैन’

उज्यालो प्रतिनिधि २९ फाल्गुन २०८१, बिहीबार १ नं. प्रदेश


खाँदबारी (सङ्खुवासभा) ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रबाहेक कुनै पनि शासन व्यवस्था उपयुक्त विकल्प नभएको बताएका छन्।

सङ्खुवासभाको चैनपुर नगरपालिका–११, लोहाकोटमा निर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै उनले सङ्घीयताले देशको सुन्दर पक्ष उजागर गरेको उल्लेख गरे।

मन्त्री खड्काले वर्तमान सरकार दुई ठूला राजनीतिक दल मिलेर बनेकाले यो सरकारलाई अल्मलिन नपाउने स्पष्ट पारे। उनले मुलुकको राजनीतिक स्थायित्वका लागि सरकार गठन भएको बताए।

“हामीले मुलुकमा राजनीतिक परिवर्तन ल्यायौं, अब आर्थिक रूपान्तरण गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ,” उनले भने।

उनका अनुसार सङ्खुवासभा अथाह सम्भावना बोकेको जिल्ला भएकाले यहाँका स्रोत साधनको उचित उपयोग गरी समृद्ध जिल्ला निर्माणमा लाग्नुपर्ने आवश्यकता छ।

मन्त्री खड्काले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनिका नागरिकलाई स्रोतमाथि अधिकार सुनिश्चित गर्न प्रत्येक घरधुरीलाई आयोजना क्षमता अनुसार रु दुई लाखदेखि पाँच लाखसम्म विना धितो जलविद्युत् सेयरका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिने बताए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार