कुसहा–मौवहा–बेल्ही सडक जीर्ण

उज्यालो प्रतिनिधि ४ फाल्गुन २०८१, आईतवार समाचार

गोलबजार (सिरहा), राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत बनेको कुसहा–मौवहा–बेल्हीसडक जीर्ण हुँदा यात्रु र स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । कलोपत्र उप्किएर सडक माटो र बालुवामा परिणत भएको सुरुङ्गा नगरपालिका–१० का रोशनकुमार साहको भनाइ छ ।

विसं २०७६ मा बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा खाल्डाखुल्डी परेर जीर्ण भई सडकमा बालुवा उड्न थालेको छ । त्यसले गर्दा सडक छेउका घर धुलाम्मे देख्न थालेको छ । स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर हुन थालेको बलानबिहुल गाउँपालिका–१ का स्थानीय रासिन्द्र यादवले बताए ।

बलानबिहुलका अध्यक्ष खेमचन्द्र यादवले चाँडै सम्बन्धित निकायले पुनः सडक कालोपत्र गर्ने वातावरण नमिलाए आन्दोलनमा जान बाध्य हुने बताए । उनले गाउँपालिकाले सो सडक पुनःनिर्माणका लागि सङ्घदेखि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको जानकारी दिए । जिल्ला प्राविधिक कार्यालय राजविराज सप्तरीले पप्पु मृत सञ्जीवनी जेभी काठमाडौँलाई रु ११ करोड एक लाख ७९ हजार ५५२ मा ठेक्का दिएको थियो ।

सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा बजारदेखि भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलानबिहुल–४ बेल्हीसम्म करिब साढे १६ किलोमिटरसम्मको उक्त सडक योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपण गर्ने भनिए पनि त्यसमा पनि चरम लापरबाही भएको थियो ।

सडको छेउछाउ लामो सयदेखि सफाइ नहुँदा बनमारा झाडी उम्रेर सडक कुरुप देखिन थालेको स्थानीय लक्ष्मीकान्त पासवानको भनाइ छ । स्थानीयका अनुसार सो सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएको थियो । ठेकेदार कम्पनीले ‘ग्राभेल’को काम सकेर बाँकी काम अलपत्र छाडेको राजाराम यादवको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विसं २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालयसँग सो सडकको सम्पूर्ण विवरण माग गरी छानबिन थालेपछि ठेकेदार कम्पनीले सडकको काम तीव्र रूपमा अघि बढाएर कालोपत्र गरेको थियो । सडक निर्माण कम्पनीको सडकको काम सन्तोषजनक नरहेको भन्दै स्थानीयले तत्कालीन समयमा असन्तुष्टि जनाए पनि जिल्ला पूर्वाधार विकास कार्यालय सिरहाले ध्यान नदिँदा चाँडै सडक जीर्ण भएको स्थानीयको आरोप छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार