एमालेका थप १८ जना कार्यकर्ताले दिए राजीनामा

विराटनगर । नेकपा (एमाले)को विराटनगर महानगरपालिका–२ कमिटीका १८ जनाले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा वडा समितिका उपसंयोजक, उपसचिव र सदस्यहरू छन् ।

विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनको सन्दर्भ जोड्दै राजीनामा दिएको जनाइएको छ । निर्वाचनमा स्थानीय कमिटीले राम घिमिरेलाई उमदेवारका रूपमा उठाएको थियो । तर, एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापासहितले ‘बागी’ उमेदवारलाई सहयोग गरेको भन्दै कारबाही गरेको थियो ।

थापाको कारबाहीको सिफारिस प्रदेश कमिटीले पनि अनुमोदन गरेको थियो । मतदानपछिको परिणामका विषयमा उच्च अदालत विराटनगरमा मुद्दा विचाराधीन छ ।

वडाका अधिकांश पार्टी सदस्यबीच छलफल र सल्लाहानुसार गरिएको एकताको निर्णयविरुद्ध अनावश्यक विवाद सिर्जना गरी सामूहिकतालाई बेवास्ता गरिएको राजीनामापत्रमा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार