कवि अधिकारीव्दारा एकल कविता वाचन 

उज्यालो प्रतिनिधि २६ कार्तिक २०८१, सोमबार कला/साहित्य
काठमाडौँ, भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत बुधबार सम्पन्न कार्यक्रममा कवि अधिकारीले विसं २०३६ देखि २०८१को अवधिमा लेखिएका करिब दुई दर्जन  कविता वाचन गरे ।
त्यस अवसरमा कवि अधिकारीले लेखनका सम्बन्धमा आफ्ना मान्यता र  वाचित सिर्जनासँग जोडिएका प्रसङ्गहरु सुनाएका थिए । आयोजक संस्थाका अध्यक्ष एवम् समालोचक  राजबहादुर राईले समाज र जीवनका विविध पक्षमा लेखिएका कवि अधिकारीका कविता र गीत उत्कृष्ट रहेकाले विभिन्न भाषामा अनुवाद हुनुपर्ने आवश्यकता औँल्याए थियो ।
संस्थाकी सचिव शीला लामाले यस्ता कार्यक्रमले स्रष्टाको सम्मान  थपिने धारणा राखेका थिए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार