भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

उज्यालो प्रतिनिधि २६ बैशाख २०८१, बुधबार समाचार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गरेका छन । उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिए।

समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने मन्त्री चौधरीले बताए । उनले कसरी हुन्छ बजार व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिए । मन्त्री चौधरीले यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेटको व्यवस्था गरिएको जानकारी दिए । भृकुटीमण्डपको संरचनालाई सेमी पर्मानेन्ट बनाउने प्रक्रिया अगाडि बढाउन समेत उनले परिषद्लाई निर्देशन दिए।

“भृकुटीमण्डप प्रदर्शनी हल जीर्ण छ, यो हलको पुनः निर्माण, स्तरोन्नति गर्न आवश्यक छ”, मन्त्री चौधरीले भने, “भाडा नतिर्नेहरुसँग उठाउनेबारे योजना बनाएर काम गर्नूहोस् ।”

सो अवसरमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका सबै जीर्ण संरचना व्यवस्थित बनाइने मन्त्री चौधरीलाई अवगत गराए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार