रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

उज्यालो प्रतिनिधि २६ बैशाख २०८१, बुधबार समाचार

मुगु । रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक तथा प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको तली तुम गाउँदेखि वडा नं ३ लामाचौरसम्मको सडक विस्तारको काम थालिएको हो ।

जिल्ला सदरमुकाम गमगढीबाट रारा पुग्न पैदल दुई घण्टा र गाडीमा रारा विमानस्थल हुँदै जाँदा ३० मिनेट लाग्छ । गमगढी लामाचौर दूरी छोटो हुने भएकाले सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर वीरबहादुर जिटीले बताए । उनले भने, “रारा तालको पर्यटन विकासमा टेवा पु¥याउन यो सडक विस्तार र स्तरोन्नतिको काम अघि बढाइएको हो ।”

विनम्र निर्माण सेवा सुर्खेतले रु ५५ लाख चार हजार सात सय ७५ मा सडक विस्तारको ठेक्का लिएको छ । २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । पर्यटकीय मार्गको विस्तारको काम धमाधम भइरहेको छ । तीन किलोमिटर लम्बाइ रहेको उक्त पर्यटकीय सडकमा १।५ किलोमिटर दूरी चार मिटर चौडाइको ग्राभेल र चार सय ५० घनमिटर ग्याबिन जाली र २।५ किलोमिटर सडक चौडा पारिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । रारा पर्यटकीय मार्गको विस्तारको काम सम्पन्न भएमा गमगढीवासीका साथै कर्णाली करिडोर र कर्णाली राजमार्ग हुँदै मुगु जिल्ला सदरमुकाम गमगढी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राराताल पुग्न १० मिनेट मात्र लाग्ने छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार