बुद्धिचाल प्रतियोगितामा रुपेश र सुजनाको विजयी सुरुआत

उज्यालो प्रतिनिधि २८ आश्विन २०७९, शुक्रबार खेल

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन् । प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गर्नुभएको हो ।

त्यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गर्नुभएको निर्णायक दिपेश गिरीले जानकारी दिए । प्रतियोगिताअन्तर्गत खुला क्लासिकलतर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरी बलका विश्व विजय घिमिरेलाई पराजित गरे ।

त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेस प्रदेशका मनोज विकबीच भएको प्रतियोगिता ‘ड्र’भएको छ । खुला क्लासिकलतर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रशान्तदासलाई पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहनुभएका सुरवीर लामाले पराजित गर्नुभएको छ भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजिव कार्कीलाई पराजित गर्न सफल हुनुभएको छ ।
प्रतियोगिताअन्तर्गत महिला क्लासिकलतर्फको पहिलो चरणको खेलमा बाग्मती प्रदेशका लक्ष्मी कँडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गर्नुभयो भने एनआरएनकी विनिता कपालीले मधेस प्रदेशकी सङ्गीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँचभित्र पर्न सफल भएकी हुन् । प्रतियोगितामा कूल ११ टिमको सहभागिता रहेको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार