पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई अनुदान

उज्यालो प्रतिनिधि ३० श्रावण २०७९, सोमबार समाचार

कास्की । पोखरा महानगरपालिकाले घाँस उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न नगद अनुदान प्रदान गरेको छ । घाँसमा आधारित पशुपालनमा जोड दिन महानगरले किसानलाई नगद अनुदान दिएको हो । महानगरको सघन घाँस विकास कार्यक्रम अन्तर्गत महानगरभित्र घाँस खेती गर्ने ९३ किसानलाई रु १४ लाख ६५ हजार पाँच सय ९० अनुदान दिइएको हो ।

महानगरमा गत आर्थिक वर्षमा चार सय ८९ रोपनी क्षेत्रफलमा घाँस लगाइएको र सात हजार तीन सय ३५ मेट्रिक टन घाँस उत्पादन भएको महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार महानगरमा १० रोपनी क्षेत्रफलभन्दा बढी घाँस लगाउने १३, पाँच देखि नौ रोपनीमा लगाउने २२, दुई देखिमाथि र पाँच रोपनी भन्दा कम लगाउने किसानको सङ्ख्या ५८ जना रहेको छ ।

महानगरले प्रति रोपनी तीन हजारका दरले अनुदान उपलब्ध गराएको छ । महानगरका ९३ जना किसानले रु छ हजारदेखि रु ६० हजारसम्म अनुदान प्राप्त गरेका छन् । सबैभन्दा बढी २० रोपनीमा घाँस लगाउने मीना तिवारी र नन्दप्रसाद पोखरेललाई जनही रु ६०/६० हजार अनुदान प्रदान गरिएको छ ।

अनुदान प्राप्त गर्नुभएका पोखरेलले पहिलो पटक सरकारी अनुदान पाउँदा खुसी लागेको बताउनुभयो । महानगर पशु शाखाले आइतबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखराको आर्थिक विकासको आधार पर्यटन र कृषि रहेको बताए ।

महानगरले आधारभूत कृषि उत्पादनमा आत्मनिर्भर हुने नीति लिएको छ । सो नीति कार्यान्वनयनका लागि भैँसी, बाख्रा, तरकारी तथा कृषि खाद्यबाली उत्पादन गर्ने व्यावसायिक किसानलाई नगद अनुदान प्रदान गरिँदै आइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार