संसदमा बाधाअड्काउ फुकाउ आदेश पेस

उज्यालो प्रतिनिधि २४ श्रावण २०७९, मंगलवार समाचार

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनबमोजिम बाधाअड्काउ फुकाउ आदेश पेस भएको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा (कोइराला) ले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको उक्त आदेश सदनसमक्ष पेस गरे ।

दुवै आयोगको २०७९ असार मसान्तसम्मको अवधि रहेकामा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि असोज मसान्तसम्म समयावधि थप गर्ने मन्त्रिपरिषद्को असार ३१ को निर्णयअनुरुप बाधाअड्काउ फुकाउ आदेश पेस गरिएको हो ।

त्यसैगरी बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थिए । उक्त पत्रमा अर्थमन्त्री जनार्दन शर्मालाई नियुक्त गरिएको ब्यहोरा उल्लेख छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार