उपसभामुखको निर्वाचन कार्यतालिका प्रकाशन

उज्यालो प्रतिनिधि २९ असार २०७९, बुधबार समाचार

काठमाडौँ ।  प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा यही असार ३१ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरिएको छ ।

नेपालको संविधानको धारा ९१ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको मिति तोकेर कार्यतालिका प्रकाशनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्देशन दिएको थिए।

सो अनुसार सचिव योगीबाट प्रकाशित सूचनामा निर्वाचनका लागि असार ३० गते बिहीबार दिउँसो ११ देखि १ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा उम्मेदवारीको सूचना दर्ता गर्ने, १ः३० बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने र ३१ गते शुक्रबार दिउँसो ३ बजे सभाको बैठकमा निर्वाचन हुने जनाइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार