काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै उनले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गर्नुभयो । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






