नवलपरासीमा म्यादी प्रहरी भर्ना हुनेको लामो लाइन (तस्बिरसहित)

रबिन्द्र यादव । नेपाल प्रहरीले ७७ वटै जिल्लामा स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको दरखास्त आवेदन लिने र प्रशिक्षार्थी प्रवेश पत्र दिने प्रक्रिया सुरू गरेको छ । नवलपरासी पश्चिम जिल्लामा यसपालि एक हजार २९ म्यादी प्रहरी भर्ना लिइने सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनौट महाशाखा नक्सालले भर्ना म्यादी प्रहरी संबंधित सुचना प्रकाशन गरे अनुसार आइतबार बाट नवलपरासी पश्चिम प्रहरीले पनि प्रशिक्षार्थीको दरखास्त आवेदन लिने र प्रवेश पत्र दिने कार्य सुरु गरेको छ ।

जिल्लामा पहिलो दिन ६ सय ४२ जना पुरुस र ३ सय २२ जना महिला गरि जम्मा ९ सय चौसट्ठी जनाले म्यादी प्रहरी भर्नाका लागि आवेदन दिएको शाहीले बताए । बिहान आठ बजेदेखि नै करिब डेढ सय मिटरको तीन वटा लामो भर्ना हुने निवेदन कर्ताहरुको लाइन लाग्ने गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । आवेदन कर्ताहरुको भिडभाड र तिनका सवारीसाधनले बाटो संचालनमा समस्या देखिएपछि ट्राफिक प्रहरी र सुरक्षाकर्मी जवान खटाएर सहज बनाइएको थियोे । यसरी दिनहु दरखास्त आवेदन संख्या रहयो भने अन्तिम ११ गते सम्म सात दिनमा करिब ७ हजार भन्दा बढि जनाले दरखास्त आवेदन दिन सक्ने प्रहरी स्रोतले बताएको छ । आसन्न बैशाख ३० गते स्थानिय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लामा एक लाख म्यादी प्रहरी माग गरेको छ । ४० दिनसम्म भर्ना हुने म्यादी प्रहरीले तलब,भत्ता,राशन सबै जोडेर ४३ हजार पाउने छन् ।

म्यादी प्रहरीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएर मेडिकल पास गरेका मानिसहरू पहिलो प्राथमिकतामा छन् । दोस्रो,प्राथमिकतामा पूर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेका पर्छन् ।
तेस्रो, प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका वा जागिर छोडेर आएका पर्छन् । चौथो, प्राथमिकतामा सुरक्षा निकायमा भर्ना हुनका लागि न्यूनतम् मापदण्ड पूरा हुन सक्ने व्यक्तिहरू पर्नेछन् । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार