नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको बगैँचा पुनर्निर्माण हुने

उज्यालो प्रतिनिधि २५ माघ २०७८, मंगलवार समाचार

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको बगैँचा पुनर्निर्माण हुने भएको छ । बगैँचा मासेर रेटुरेन्ट सञ्चालन गर्ने निर्णय खारेज भएसँगै बगैँचा पुनर्जीवित हुन लागेको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र ‚मारक व्यव‚थापन तथा समन्वय सञ्चालक समितिले तत्कालीन राजा महेन्द्रले निर्माण गरेको बगैँचा पुरानै स्वरूपमा निर्माण गर्ने जनाएको छ ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङले बगैँचालाई थप आकर्षक बनाउने विषयमा छलफल भइरहेको बताए । “त्यत्तिकै छोड्ने हो भने फेरि बेवारिसे हुन्छ, झारपात उम्रिन थाल्छ,” उनले भने, “त्यही भएकाले बगैँचालाई पुनर्निर्माण गर्ने तयारी भएको हो ।” नारायणहिटी परिसरको बगैँचा र बङ्करसमेत मासेर बतास समूहलाई रेस्टुरेन्ट बनाउन दिइएको समाचारपछि बगैँचा र बङ्करप्रति आमचासो बढेको छ । त्यही भएर दरबारभित्रको बगैँचा र बङ्करको पुनर्निर्माणले थप आकर्षित हुने अपेक्षा सङ्ग्रहालयको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दरबारभित्रको ऐतिहासिक बगैँचा र बङ्कर मासेर रेस्टुरेन्ट निर्माणकार्यमा रोक लगाई निर्माणाधीन संरचना तत्काल भत्काउन निर्देशन दिएका थिए ।

त्यसअघि मन्त्रालयका सहसचिव होमकुमार लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहाल र रेस्टुरेन्ट निर्माणकार्यमा संलग्न बतास समूहलाई दोषी देखाउँदै कानुनी कारबाहीका लागि सिफारिस गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार