पुनको हत्या आरोपमा थापा पक्राउ

उज्यालो प्रतिनिधि २३ कार्तिक २०७८, मंगलवार समाचार

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो । घर नजिकैको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो ।

घटनामा संलग्नको आरोप लागेका सोही ठाउँका विनोद राना र खीमबहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडितले उनीहरुको नाममा किटानी जाहेरीसमेत दिएका छन् ।

गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको मृत्यु भएको थियो । हत्यारालाई कानूनी दायरामा नल्याउँदासम्म पीडितहरुले शव नबुझ्ने बताएका छन् । पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार