झापामा हुल बाँधेर आउने हात्तीले धान सखाप

उज्यालो प्रतिनिधि ५ कार्तिक २०७८, शुक्रबार समाचार

झापा ।   झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट आउने जङ्गली हात्तीका कारण हैरान छन् । बेलुका छ बज्न नपाउँदै हात्तीको बथान मेची नदी तरेर नेपाल प्रवेश गर्ने र किसानको पाक्न लागेको धान बालीमा रात बिताउने गर्छ ।

हरियो हुन थालेदेखि रातभर गोठालो लागेर धान जोगाएका किसानले पाकेपछि जोगाउन नसकेको बताए । मेचीनगर–४ मिलन चोकमा १५० बिघा धान हात्तीले खाइदिएर सखाप पारेपछि किसान अब के खाने भनेर चिन्तामा परेको स्थानीय शङ्कर लुइँटेलले बताए । उहाँका अनुसार ५० किसानले लगाएको थान दुईदिनमा हात्तीले खाइदिएको हो । “एकातिर भर्खरै आएको बेमौसमी पानीले आधाजसो धान ढालेर खत्तम बनाइदिएको थियो”, स्थानीय किसान सन्देश पौडेलले भने, “बाँकी रहेको पनि राति नै हात्तीले सबै खाइदियो ।” उहाँले दैनिक ५० देखि ६० वटा हात्ती हुल बाँधेर आउने गरेका बताए ।

धेरैको सङ्ख्यामा आउने हात्तीलाई लेखेट्नसमेत समस्या भइरहेको पीडितले बताए । स्थानीय सरकार, डिभिजन वन कार्यालय झापा र प्रहरीसँग समेत बाँकी रहेको पाँकेको धान जोगाइदिनका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । बाहुनडाँगीमा दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीले दुःख दिइरहेको छ भने बुद्धशान्ति, अर्जुनधारा, दुहावढी, चन्द्रगढीलगायत क्षेत्रमा रैथाने हात्तीले पाकेको धान खाएर दुःख दिइरहेको किसानको गुनासो छ ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार