विरामी रिफरको केन्द्र बन्यो सर्पदंश उपचार केन्द्र गढवा

शिवु खनाल १८ श्रावण २०७८, सोमबार स्वास्थ्य/जीवनशैली

दाङ । दाङको देउखुरीबासीले गढवामा सर्पदंश उपचार केन्द्र स्थापनासंगै दीपावली गरे । आ—आफ्नै घर आँगनमा सर्पले डसेका विरामीहरुको उपचार हुनेभयो भनेर एक आपसमा खुशी साटे खुशी मनाएका थिए । तर, सर्पदंश उपचार केन्द्र गढवाले गर्नुपर्ने काममा सिन्को बराबर प्रगति भएको छैन । उपचार केन्द्र स्थापनापछि देउखुरीबासीको स्वास्थ्य अवस्थामा आमूल परिवर्तन आउने जुन अपेक्षा थियो त्यो एक रत्ती पूरा भएको छैन ।

२०७६ फागुन १ गते गढवा गाउँपालिका अध्यक्ष सहजराजम अहिरले शिलान्यास गर्नु भएका गढवा सर्पदंश उपचार केन्द्र २०७७ साउन १ गते सर्पदंश उपचार केन्द्र गढवाको तामझाका साथ उद्घाटन सम्पन्न भयो । पहिलो चरणको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई बेवास्था गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एककार्यक्रका बिच उपचार केन्द्रको उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेशमा उल्लेख सुधार भएको भन्दै जनता माझ नागरिक स्तरमा सरकारी अस्पताल प्रतिको विश्वास नबढेको भाषण गरे तर, मुख्यमन्त्री पोख्रेलको भाषण भाषणमै सिमित बन्यो ।

गढवामा सर्पदंश उपचार केन्द्र स्थापना भएदेखि अहिलेसम्म एकसय ७४ जना सर्पले डसेका विरामीहरु उपचारको लागी आएको उपचार केन्द्रको तथ्यांकमा देखिन्छ तर, अहिलेसम्म उपचारबाट पूर्णरुपमा निको भइ विरामी घर फर्किएको रेकर्ड सर्पदंश उपचार केन्द्र गढवाको तथ्यांकमा छैन । प्रारम्भिक उपचार मात्रै हुन्छ, विरामीलाई थप उपचारको लागी अनेत्र जिल्ला बाहिर रिफर गरिन्छ । नामको मात्रै सर्पदंश उपचार केन्द्र गढवा, प्रारम्भिक उपचारमै सिमित बन्यो उपचार केन्द्र गढवा ।

यता ०७७÷०७८मा सर्पले डसेर दाङमा पाचजनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिले दाङले जनाएको छ । जसमध्य घोराहीमा एकजना, लमहीमा एकजना, राजपुरमा दुईजना र शान्तीनगरमा एकजना गरि पाचजनाको सर्पले डसेर मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन केन्द्र दाङको तथ्यांकमा रहेको छ । गाउँमा सर्पदंश उपचार केन्द्रको सुविधा त भयो, तर सर्पले डसेर बिरामी पर्दा उपचारको लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीय कुलबहादुर चौधरीले बताए ।

दक्ष जनशक्ती नहुदा कुनामा थन्कियो भेन्टिलेटर

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेले तामझामका साथ उद्घाटन गर्नु भएको सर्पदंश उपचार केन्द्र गढवाम तालिम प्राप्त दक्ष जनशक्ती नहुदा भेन्टिलेटर कोठाको कुनामा थन्किएको छ । नेपाल रेडक्रस सोसाइटी काठमाण्डाँैले सत्रलाख २५ हजार मुल्यमा खरिद गरि उपचार केन्द्र गढवालाई हस्तान्त्रण गरेको थियो । सोही भेन्टिलेर संचालन गर्ने तालिम प्राप्त जनशक्ती नभएकै कारण उपचार केन्द्रको कोठामा थन्किएको हो । उपचार केन्द्र भवनको एक कोठाको कुनामा विगत पाच महिनादेखि भेन्टिलेटरलाई हरियो कपडाले छापि राखिएको छ ।

‘यहाँ जनशक्तीको अभावै अभावमा विरामीलाई सेवाप्रदान गरिरहेका छौँ । तालिम प्राप्त सर्प सम्बन्धी एम.वि.वि.एस डक्टर नभएकै कारण सर्पदंश उपचार केन्द्रको कुनामा भेन्टिलेटर थन्किएको हो । सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक देविराम आचार्यले भने, ‘उपचार केन्द्रबाट सर्पले डसेका विामीलाई २४ घण्टा सेवाप्रदानको गर्न एकजना एम.वि.वि.एस डक्टर, दुईजना नर्सिङ स्टाप, दुईजना पारामेडिसेन, दुईजना कार्यालय सहयोगीको आवश्यक हुन्छ तर, त्यो सुविधा छैन यहाँ ।

जनशक्तीको अभावमा सेवाप्रदान गर्दै आइरहेका छौँ ।’ ‘उपचार केन्द्रबाट २४ सै घण्टा विरामीलाई सेवाप्रदानको लागी कर्मचारी स्ट्यान्डबाइ हुनुपर्ने हो, त्यो व्यवस्थापन हुन सकेको छैन । जस्ले गर्दा यहाँ प्रारम्भिक उपचार गरि थप उपचारको लागी अनेत्र पठाउने गरिएको छ ।’ यता सहजराम यादवले सर्पदंश उपचार केन्द्रको थप व्यवस्थापन गरिने बताए । उनले उपचार केन्द्रमा तालिम प्राप्त दक्ष जनशक्ती राख्ने तयारी भइरहेको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार