हिरासतमा रहेका थुनुवा फरार

उज्यालो प्रतिनिधि २६ असार २०७८, शनिबार समाचार

सिराहा । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः ०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् ।

प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार