अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भीडन्त

उज्यालो प्रतिनिधि २३ असार २०७८, बुधबार खेल

काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेलको ९० मिनेटसम्म दुवै टोलीले १÷१ गोल गरेका थिए । खेल अवधिमा बराबरीमा रोकिएपछि कोपा अमेरिका कपको नियम अनुसार खेल सिधा पेनाल्टीमा गयो । कोपा अमेरिकाको नियमअनुसार ९० मिनेटभित्र गोल हुन नसकिएको खण्डमा फाइनलमा मात्र अतिरिक्त समयमा जानेछ ।

अर्जेन्टिनाका लागि खेलको ७ मिनेटमा लियोनेल मेस्सीको पासमा लउटारो मार्टिनेजले गोल गरेका थिए । कोलम्बियाका लागि लुइस डियाजले ६१ औं मिनेटमा बराबरी गोल फर्काए । यो उनको उत्कृष्ट व्यक्तिगत गोल रह्यो ।

अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३–२ हरायो ।

अर्जेन्टिनाको जितमा गोलरक्षक एमिलानो मार्टिनेज नायक रहे । उनले कोलम्बियाका तीन प्रहार रोकेका थिए । यो जितपछि विश्व फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक रहेका लियोनल मेसीको आफ्नो देशका लागि उपाधि जित्ने सपना कायम रह्यो ।

कोपा अमेरिका २०२१ को उपाधि भिडन्त दक्षिण अमेरिकी फुटबलका दुई महाशक्ति अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ । ब्राजिलविरुद्धको फाइनल आइतबार हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार