काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
जनकपुरमा विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका उनी विमानस्थलबाट सिधै नेपालनिवास पुगेका हुन् ।
समसामयिक राजनीतिकै विषयमा छलफल गर्नका लागि प्रचण्ड नेपाल निवास पुगेको बताइएको छ ।
Facebook Comments Box






