पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

उज्यालो प्रतिनिधि २२ असार २०७८, मंगलवार खेल

काठमाण्डौं । साविक विजेता ब्राजिलले कोपा अमेरिका २०२१ को फाइनलमा स्थान पक्का गरेको छ । सोमबार भएको सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिलले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

पेरुका गोलरक्षक तथा कप्तान पेड्रो गालेसेले एकपछि अर्को बचाउ गर्दा ब्राजिलले अग्रता लिन ३५ मिनेटसम्म प्रतिक्षा गर्नुपरेको थियो । आठौं मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई बिट गर्दै नेयमारलाई पास निकालेपनि पिएसजीका फरवार्डले उक्त बललाई पोस्टको दिशा दिन सकेनन् । १३ अौं मिनेटमा क्यासेमिरोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई गालेसेले विफल पारे ।

१५ अौं मिनेटमा रिचार्लीसनको पासमा एभर्टनको प्रहार पनि सिधै गालेसेको हातमम पुगेको थियो । १९ अौं मिनेटमा गालेसेले लगातार तीन सानदार बचाउ गर्दै खेल गोलरहित नै राखे । क्यासेमिरोको लामो प्रहार बचाएका उनले त्यस लगत्तै रिचार्लीसन र नेयमारको गोलतर्फ आएको प्रहारलाई उत्कृष्ट ढंगले विफल पारेका थिए ।

३५ अौं मिनेटमा भने गालेसे निरिह बन्दा ब्राजिलले अग्रता लियो । नेयमारले पेरुको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्र रहेका पाक्वेटालाई पास दिएपछि लियोनका मिडफिल्डरले शक्तिशाली प्रहार गर्दै ब्राजिललाई अग्रता दिलाए । इन्ज्युरी समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

दोस्रो हाफको सुरुवातमै पेरुले खेलमा फर्कने अवसर पाएको थियो । जियानलुका लापाडुलाले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक एडरसनले विफल पारेका थिए । ५२ अौं मिनेटमा पेरुका लागि गार्सियाले गरेको लामो प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा पेरुले सुधारिएको प्रदर्शन गरेपनि अवसर सदुपयोग गर्न नसक्दा बराबरी गोल फर्काउन सकेन । ब्राजिलले भने अग्रता जोगाउनका लागि अधिकांश समय बल पकडमा राख्दै पेरुलाई खेलमा जम्न नदिने प्रयास गरेको थियो ।

ब्राजिलले अब फाइनलमा अर्जेन्टिना र कोलोम्बियाको विजेतासँग खेल्नेछ । पेरुले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार