यसकारण हुन्छ डिप्रेसन, यस्ता छन् लक्षण र रोकथामका उपाय

एजेन्सी । विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको सङ्ख्या बढ्दै गएको छ । अझ भन्दा यो सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन भईहेको छ । यो मानसिक समस्या हो । तर, समयमै उपचार गरेमा यो निको हुन्छ । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रूपमा स्वीकार गरिसकेको छैन ।

मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो। यो आनुवंशिक रोग भएकले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ । साथै, आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन सक्छ । नेपालमा प्रायजसो बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारणले मानिमा डिप्रेसन भइरहेको पाइन्छ । डिप्रेसन भएको कसरी थाहा पाउने त ?

लक्षण :

–शक्तिहीन महसुस गर्नु ।
–खान मन नलाग्नु ।
–कि बढी सुत्न मन लाग्ने कि त निद्रै नपर्ने हुनु ।
– जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु ।
– आफूबारे नकारात्मक मात्र सोच्नु ।
– आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु ।
–आत्महत्याबारे सोचिरहनु ।
– कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु ।
–नियमित रूपमा शरीर र टाउको दुख्नु ।

उपचार : डिप्रेसनको समस्या भएका अधिकांश मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांशलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् । फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ । जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरू । डिप्रेसनको उपचार अन्य रोगको उपचारजस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।

रोकथामका उपाय

– शारीरिक रुपमा सक्रिय रहने ।
– रमाइला कामका लागि समय निकाल्ने ।
– आफ्ना सहयोगीहररूमाझ समय बिताउने ।
– योग र ध्यान गर्ने ।
– अत्यन्त महत्वाकांक्षी नहुने ।
– सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने ।
– धूमपान र मध्यपानको लतमा नपर्ने ।
– उदासीपनका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सकको परामर्श लिने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार