एक करोड सहयोगमा मन्त्री आलेले पठाएको स्वास्थ्य सामग्री डोटीमा

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पठाउनुभएको स्वास्थ्य सामग्री जिल्ला आइपुगेको छ । स्वास्थ्य सामग्री अभावमा जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको उपचारमा समस्या भएपछि उहाँले पठाउनुभएको स्वास्थ्य सामग्री यहाँ आइपुगेको हो ।

सामग्रीमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजरलगायत छन् । केही नियमित सरकारी प्रक्रियाबाट प्राप्त हुने सामग्रीका अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो व्यक्तिगत लगानीमा किनेर प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।

उनले भने, “श्यया सरकारी अनुदानमा आएको छ, अन्य सम्पूर्ण स्वास्थ्य सामग्री मन्त्रीज्यूले किनेर पठाउनुभएको हो ।” जिल्लामा स्वास्थ्य सामग्री तथा श्यया अभावमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भइरहेका बेला मन्त्री आलेले स्वास्थ्य सामग्री पठाएपछि उपचारमा सहज हुने जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए ।

उनले भने, “अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्री नहुँदा उपचारमा समस्या भएको थियो, मन्त्रीज्यूले स्वास्थ्य सामग्रीसहित श्यया उपलब्ध गराएपछि अब उपचार गर्न सहज हुनेछ ।” उनले पठाएका स्वास्थ्य सामग्री कम्तीमा पनि रु एक करोड बराबरको रहेको बताइएको छ ।

यसैगरी मन्त्री आलेले सुदूरपश्चिम प्रादेशिक अस्पताल कैलालीका लागि ५० थान भरिएका अक्सिजन सिलिण्डर, मास्क ५० हजार एन्टिजेन किट, रेम्डेसिभिर, सर्जिकल मास्क, स्यानिटाइजरलगायत सामग्रीसमेत उपलब्ध गराएको छ । उनले पठाएका स्वास्थ्य सामग्री जिल्लाका नौवटै स्थानीय तहमा आजै वितरण गरिने कार्यक्रम तय भएको बताइएको छ ।

पछिल्लो समय जिल्लामा अभाव भएका औषधिसमेत मन्त्री आलेको लगानी तथा पहलमा उपलब्ध भएपछि उपचार गर्नमा धेरै सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिए । मन्त्री आलेले जिल्लामा यसअघि पनि २२ थान अक्सिजनले भरिएका सिलिण्डर प्रदान गर्नुभएको थियो भने उनको पहलमा जिल्ला अस्पतालमा अक्सिजन पाइपलाइन तथा प्लान्ट (कारखाना) स्थापनाका लागि अर्थ मन्त्रालयले रु एक करोड ५० लाख बजेट विनियोजित गरेको थियो ।

यसैगरी कोरोना सङ्क्रमणका बिरामीलाई अक्सिजन तथा एचडियु श्यया अभावमा समस्या उत्पन्न भएपछि मन्त्री आलेका पहलमा पुनः अर्थ मन्त्रालयले जिल्ला अस्पतालमा पाँच श्ययाकोे एचडियु विस्तार (जडान) का लागि रु ८० लाख बजेट विनियोजित गरेको थियो । जिल्लामा हालसम्म कम्तीमा पनि ६०० कोरोनाका सक्रिय सङ्क्रमित छन् भने कोरोनाले पाँचजनाको ज्यान गइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार