सरकारद्वारा धुलिखेल अस्पताललाई ६ करोड ८० लाख

काभ्रेपलाञ्चोक । सरकारले काभ्रेपलाञ्चोकको धुलिखेल सामुदायिक अस्पताललाई कोभिड–महामारी ब्यवस्थापनका लागि रु छ करोड असी लाख प्रदान गर्ने भएको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत उक्त अस्पताललाई महामारी ब्यवस्थापनार्थ सो रकम दिने घोषणा गरिएको हो ।

धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लाण्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि करिव रु तीन अर्ब बजेट बिनायोजन गरिएको छ । मन्त्रालयले बिनियोजित बनेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम मागगर्ने जनाउँदै आइतबार ती अस्पताललाई रु दुई अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उक्त अस्पताललाई कोरोना–बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाइएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आईसीयू, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ । “सरकारको सहयोगपछि कोरोनाका विरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्छ” अस्पतालका मुटुरोग विशेषज्ञ प्राडाराजेन्द्र कोजूले भने । उनका अनुसार अस्पतालमा एचडीयू, आइसियू र सामान्य गरी १२५ श्यया कोरोना सङ्क्रमितको उपचार ार्थ प्रयोग गरिएको छ ।

सो अस्पतालले काभ्रेपलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईको क्षेत्रकालाईसमेत सेवा पु¥याउँदै आएको छ । “जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिकसमेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैं कोरोना महामारी ब्यवस्थापन गर्न अनुदान दिलाइएको हो, सकेसम्म छिटो उक्त बजेट निकास गर्न प्रक्रियागत ताकेता भइरहेको छ” सांसद गोकुलप्रसाद बाँस्कोटाले भने । उहाँका अनुसार अस्पतालमा सकेसम्म छिटो अक्सिजनको ब्यवस्थापन गर्न सकिए कोरोना–विरामीलाई ठूलो राहत मिल्नेछ ।

धुलिखेलबाहेक बनेपामा शिरमोरियल अस्पताल छ । आइतबारदेखि बनेपामै २५ श्ययाको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ । काभ्रेपलाञ्चोकमा जिल्ला अस्पताल छैन । नमोबुद्ध नगरको भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतीको प्रक्रियामा रहेको छ । काभ्रेपमा पछिल्ला दिनमा दैनिक सङ्क्रमणदर डेढसय नाघेको छ भने सरदर दुईको मृत्यु हुनेगरेको तथ्याङ्कले देखाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार