महिलाहरु पुरुषको तुलनामा यौन सम्बन्ध बनाउन किन उदास रहन्छन् ?

एजेन्सी । यौन सम्बन्धका बेला पनि पुरुष जति सक्रिय हुन्छन्, महिलाहरु त्यती हुँदैनन् । धेरैजसो महिला निस्क्रिय जस्तै हुने गर्छन् । के उनीहरुमा यौन चाहना कम भएको हो ? के उनीहरु यौनमा उदासिन छन् ? स्वभाविक रुपमा जिज्ञासा उठ्छ । एक अध्ययनमा भनिएको छ, पुरुषको तुलनामा महिलाहरु यौन सम्बन्ध बनाउने कुराले उदास रहन्छन् ।

यौनमा उनीहरु किन उदासिन हुन्छन् ?

त्यसमा अनेक कारण हुनसक्छ । उनीहरुको शारीरिक एवं प्रजनन समस्या, मानसिकता, उमेर , परिस्थिती ।

सम्बन्ध चिसिएपछि : महिलामा यौन इच्छा त्यसकारण पनि कम हुँदै जान्छ कि, जब उनीहरुको सम्बन्धमा चिसोपन आउन थाल्छ, दम्पतीबीचको सम्बन्ध सुमधुर छैन, प्रेमिल छैन, झैझगडा, मनमुटाव, भनाभन भइरहन्छ भने त्यसले महिलाको यौन जीवनमा सोझो प्रभाव पार्छ ।

आफ्ना पार्टनरसँग उनीहरु भावनात्मक रुपले जति टाढिदै जान्छन्, महिलाको यौन इच्छामा पनि ह्रास आउन थाल्छ । यसका साथै पार्टनरको यौन समस्या, भावनात्मक सन्तुष्टि नमिल्नु र बच्चाको जन्म पनि यसको कारण हुनसक्छ ।

पारिवारिक दायित्व भार : अक्सर हामीकहाँ महिलाहरु घर धन्दाको काममा बढी व्यस्त हुन्छन् । विवाह गरेपछि उनीहरुलाई घर परिवार सम्हाल्ने अभिभारा दिइन्छ । खाना पकाउने, ख्वाउने, नानी स्यहार्ने, लुगाफाटो धुने, घर सफा गर्ने, किनमेल गर्ने जस्ता अनगिन्ती कामको भार उनीहरुको काँधमा थमाइन्छ ।

अझ अहिले धेरै महिला कामकाजी छन् । उनीहरुले आफ्नो पेशा व्यवसाय पनि सम्हाल्नुपर्ने, अर्कोतिर घरधन्दाको काम पनि भ्याउनुपर्ने दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यसरी कामको चापले उनीहरुमा यौन चाहना घट्दै जान्छ ।

दिनभरको कामले थकित हुन्छन् । राती शरीरले विश्राम माग्छ । अन्य समय पार्टनरसँग अन्तरंग पल विताउने फुर्सद र अनुकुलता हुँदैन । यसले गर्दा पनि महिलामा यौन चाहना कम हुन्छ ।

घरायसी माहौल : घरमा सासु(ससुरा, देवर(देवरानी, छोराछोरी हुन्छन् । उनीहरुको आँखा छलेर अन्तरंग पल साट्ने अनुकुलता मिल्दैन । अझ बालबच्चा भइसकेको अवस्थामा त महिलाहरुको भूमिका थप बढ्न थाल्छ । बालबच्चा हुर्काउने, स्यहार्ने कुरामा उनीहरु केन्द्रित हुन्छन् । राती छोराछोरी स्यहार्नुपर्ने, सुताउनु पर्ने जस्ता अतिरिक्त जिम्मेवारी आइलाग्छ ।

यस्तो माहौलमा महिलाहरु उन्मुक्त ढंगले यौन क्रियामा सहभागी हुँदैनन् । पुरुषको तुलनामा उनीहरु बढी लजाउने स्वभावका हुन्छन् । उनीहरु स्वतन्त्र एवं एकान्तमा जति खुल्छन्, त्यती खुल्न सक्दैनन् । यसले पनि उनीहरुको यौन जीवनमा प्रभाव पार्छ ।

प्रजनन स्वास्थ्यको कारण : महिलाहरुको प्रजनन अंग निकै संवेदनशिल हुन्छ । मासिक श्राव, गर्भाधान, प्रसूती जस्ता अनेक चरणबाट उनीहरु गुज्रिनुपर्ने हुन्छ । यस क्रममा उनीहरुको प्रजनन अंगमा कतिपय संक्रमण हुनसक्छ । कतिपय समस्या आउन सक्छ । यसरी प्रजनन अंगमा देखापर्ने समस्याले पनि उनीहरुको यौन रुचीमा असर गर्छ ।

टेस्टोरनको स्तर : महिलामा टेस्टोरनको स्तर २० बर्षको अवस्थामा बढी हुन्छ र त्यसपछि क्रमस कम हुँदै जान्छ । यसले गर्दा पनि महिलामा यौन इच्छा कम हुन्छ ।

मेडिकल समस्या : महिलाहरु यौनमा अनुदार एवं उदासिन हुँदै गएका छन् भने त्यसमा अरु पनि कारण हुनसक्छ । जस्तो कि, उनीहरु तनावग्रस्त हुनसक्छन् । उनीहरुमा थाइराइडको समस्या हुनसक्छ । एनिमिया व मधुमेहले पनि त्यस किसिमको समस्या आउन सक्छ ।

गर्भनिरोधक चक्की : महिलाको यौन जीवनमा प्रभाव पार्ने अर्को तत्व हो, गर्भनिरोधक चक्की । अनिच्छित गर्भ रोक्नका लागि सेवन गरिने यस्ता चक्कीले उनीहरुमा यौनप्रतिको रुची कम गराउँछ ।

बाल्यकालको खराब याद : कतिपय महिलाले बाल्यकालमा यौन उत्पीडन झेलेका हुन्छन् । बाल्यकाल वा किशोरावस्थामा उनीहरुले झेल्ने यस्तै पीडाले पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । उनीहरु जसै यौन सम्बन्धका लागि तयार हुन्छन्, विगतको पीडादायक क्षणको यादले उनीहरुलाई झस्काइदिन्छ ।

बढ्दो उमेर : महिलाहरुमा उमेर बढ्दै गएपछि एन्ड्रोजनको स्तर कम हुन्छ । यसले गर्दा पनि उनीहरुमा यौन रुची घट्न थाल्छ । यसका साथै हर्मोन्सको असन्तुलन वा शरीरमा ल्यूटिनिसिंग हर्मोन्सको कमीले महिलामा यौन इच्छा कम हुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार