खाना अपच भएमा के गर्ने, यस्ता छन् सजिला घरेलु उपायहरु

एजेन्सी । कहिलेकाही मानिसहरुलाई खाना अपच भएर समस्या हुन्छ । खासमा पाचन प्रणालीमा गडबडी भएर खाना नपच्नुलाई अपच भन्ने गरिन्छ।

यदि हामिले एउटा खाना नपच्दै अर्को खाना खाएमा राम्रोसँग पच्न पाउदैन । यस्तो बेला पेटमा उकुसमुकुस हुने अथवा अफ्ठ्यारो महशुस हुने गर्छ ।

यस्तो समस्या भएमा विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ । खाएको कुरा नपचेर तपाइ समस्यामा हुनुहुन्छ भने यी केही उपायहरु अपनाउनुहोस् ।

१) खाना अपच हुने समस्या पानीको कमीले पनि हुन्छ । यस्तो भएमा प्रशस्त पानी पिउनुपर्छ ।

२) अपच भएमा मनतातो पानीमा मह र कागतीको रस मिसाउनुहोस् र खाली पेटमा खानुहोस् । यसले बिस्तारै समस्या कम हुँदै जान्छ ।

३) अदुवाको एउटा टुक्राले पनि अपच समस्या कम गर्न सकिन्छ । अदुवाको एक टुक्रामा केही थोपा कागतीको रस र बिरे नुन मिसाएर खानुहोस् ।

४)यस्तो समस्या भएमा घ्यूकुमारीको जुस वा अमला चिजहरु खानुहोस् । यसले अपच कम गर्ने र पाचनशक्ति पनि बलियो हुन्छ ।

५)अपच भएमा पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएर अचार बनाएर खानासँग खाएमा पनि ठिक हुन्छ ।

६)यदि अपचको समस्या छ भने मजिराजन्य पदार्थ पिउनुहुँदैन ।

७) यस्तो समस्या भएमा गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाने गर्नुपर्छ

८)खाना नपच्ने समस्या भएको बेला कुनै तनाव पनि लिन हुँदैन ।

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार