ताप्लेजुङमा रुखले किचेर एकको मृत्‍यु

उज्यालो प्रतिनिधि १६ चैत्र २०७७, सोमबार १ नं. प्रदेश

प्रिसा बस्नेत, ताप्लेजुङ । ताप्लेजुङमा दाउरा काट्न रुख ढाल्ने क्रममा रुखले किचेर सोमबार एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ बेशीगाउँका २९ वर्षिय मनकुमार तामाङ रहेका छन् ।

तामाङ स्थानिय कार्तिके सातपाखे सामुदायिक जंगललमा चिलाउनेको रुख ढाल्ने क्रममा रुखसँगै भिरबाट लडेर गम्भिर घाईते भएको स्थानीय इश्वर बस्नेतले जानकारी दिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएकोमा विहान ९ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक मोहन पोखरेलले जानकारी दिए ।

शवलाई पोष्टमार्टम पछि परिवारको जिम्मा लगाईएको प्रहरीको बताएको छ । शवलाई भोलि अन्त्यस्ति गरिने सोही वडाका अध्यक्ष अमृत लिम्बूले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार