कल्याणपुर नगरपालिमा स्वास्थ्य चौकी भवन उद्घाटन

गणेश कुमार ठाकुर,सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.११ मा नव निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रम कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहनी कुमारी यादवले पानसमा बत्ती बालेर समुद्घाटन गरेका हुन ।

यस अस्पतालमा कोभिडका रोगीलाई कुनै स्वास्थ्यकर्मीहरु छुन न चाहने र सेवा न गर्नेलाई कडा कारवाही गरिने बताएको छ ।

“बिशेषज्ञ डाक्टर पनि आइ सकेका छन्, र पनि भोलिका दिनमा कोरोनटाइनको थप व्यवस्था गर्नु परे नगरपालिकाले त्यसको व्यवस्था गर्नेछ तर जन समुदायले डर न गरेर मापदण्ड अनुसार जीवनयापन गर्नृू सल्लाह दिदै कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहनी कुमारी यादवले बताए । साथै सर्वसाधारणलाई स्वास्थ्य चौकीसम्म पुग्न सहज पार्न नगरपालिकाले एम्बुलेन्सको सुविध समेत गरेको छ ।

उक्त नव निर्मित स्वास्थ्य चौकी भवनमा २ करोड ४२ लाख ५५ हजारको लागतमा कोभिड १९ अस्थायी अस्पताल तथा स्वास्थ्य चौकी निर्माण भएको कल्याणपुर नगरपालिकाका प्रशासकीय अधिकृत जय प्रसाद दासले जानकारी दिए । सोही उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत जय प्रसाद दासले आफू पनि सो रोगबाट ग्रसित भइ निकोको लागि भए गरेको अनुभवले कारोनटाइनको व्यवस्थापन गर्दा अनेक बाधा अवरोध र गुनासाहरुको सामना गर्दै पनि केही राहत बितरणमा गुनासो आए पनि रोगबाट बच्न प्रत्येक बडामा प्रत्येक मानिसलाई सावून,मास्क लामखुटे निरोधक औषधी छडकाव पनि गर्दा गर्दै बिदेशबाट आएकाहरुलाई एम्बुलेन्स सेबा दिई पि.सि.आर जाँच गराउदै यो अस्पतालको निर्माणमा उतप्रेरणा प्राप्त गरेको परिणाम यो स्वास्थ्य शाखाको भवन निर्माण भएको बताएका छन् ।

उक्त उद्घाटन कार्यक्रमका अध्यक्षता कल्याणपुर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष राजेश्वर यादवले गरेका छन् भने कार्यक्रममा प्रमुख अतिथिको रुपमा कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहनी कुमारी यादवकोे उपस्थिति रहेको थियो । अतिथि कल्याणपुर नगरपालिका वडा नं.१ का वडाअध्यक्ष जय प्रसाद कामती,वडा नं.५ का वडाअध्यक्ष दिपेन्द्र कुमार बरवरीया,वडा नं.६ का वडाअध्यक्ष मोतिबुल राई,समासेवी संजय कुमार यादव,कोभिड १९ का बिशेषज्ञ डा.संजीव कुमार मोरवैता, कल्याणपुर नगरपालिकाका प्रशासकीय अधिकृत जय प्रसाद दास,स्वास्थ्यकर्मी शिवनारायण साह,स्वास्थ्य चौकी प्रमुख ओम शंकर साहलगायत,कृषि अधिकृत जयनारायण साह,प्र.अ लालदेव साहलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी,बुद्धिजिवी, समाजसेवी,नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार