गाउँघरमा चिकित्सक कार्यक्रम : दुर्गम गाउँमा स्वास्थ्य शिविर

बझाङ ।  जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहका दुर्गम गाउँमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।

गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बिहीबार सुर्मा गाउँपालिका–१ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई डाक्टरसहितको टोलीले ग्रामीण भेगमा वसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी सेवा प्रवाह गरिरहेका छन् । टोलीले निःशुल्करुपमा ओपिडी सेवा, प्रयोगशाला सेवा, भिडियो एक्स–रे सेवा, महिलाको पाठेघरसम्बन्धी सेवा, आकस्मिक सेवा, फार्मेसी सेवा र यौन रोगसम्बन्धी सेवा गाउँमा गएर दिँदै आएको जिल्ला अस्पताल बझाङका प्रमुख डा सन्दिप ओखेडाले बताए ।

उनले जिल्लाको १२ वटा पालिकाको अति दुर्गम गाउँमा गएर स्वास्थ्य शिविरका रुपमा उपचार गर्दै आएकोसमेत बताए । गाउँमै स्वास्थ्य सेवा पाएपछि स्थानीय निकै खुशी भएका छन् । सुर्मा गाउँपालिका–१ का जयबहादुर बोहराले भने, “यसरी हामीले गाउँमा आएर सबै सेवा पाउने आशा गरेका थिएनौँ तर यहाँ त सबै सुविधा गाउँमै दिने रहेछ ।” वर्षौंदेखि पेटको समस्या थियो, पैसा नहुँदा अस्पतालसम्म जान सकेको थिएन, यो धेरै राम्रो काम ग¥यो जिल्ला अस्पताल बोहराको मात्र होइनन् सुर्मा गाउँपालिकाका अन्य शिविरमा सहभागीको भनाइ पनि उस्तै रहेको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले भने, “सधैँ गाउँपालिकाको केन्द्रमा मात्र शिविर आउने हुँदा योपटक भने दुर्गम गाउँका विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रमको छनोट गरेको हो ।” उनले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले सबैलाई शिविरमा आएर उपचार गराउन आग्रह समेत गरे । गाउँपालिका प्रवक्तासमेत रहेका वडा नं १ का वडाध्यक्ष पुस्कल बोहराले गाउँमा यसरी औषधिसहितको टोली आएर घरमा उपचार गराउन पाउनु यहाँका जनताका लागि खुशीको कुरा भएकाले सबैले आएर सहभागी हुनुपर्नेमा जोड दिए ।

उनले दुर्गम गाउँमा विशेषज्ञसहितको सेवाले ग्रामीण भेगमा बस्ने समुदायका जनताको घरमै गएर स्वास्थ्य परीक्षण गराउन पाउँदा आफ्नो ठूलो उपलब्धि भएकोसमेत बताए । शिविरमा २१८ जनाले सेवा लिएका छन् जसमा ७१ जनाले भिडियो एक्स–रे, ३४ जनाले डेन्टल सेवा, ४६ जना महिलाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी सेवा, ३४ जनाले प्रयोगशाला र दुई जनाले इम्प्लान्ट लगाएको, जिल्ला अस्पताल सिमखेतका डा देवराज रतालाले जानकारी दिएका छन । शिविरमा जिल्ला अस्पताल सिमखेतबाट नौ जना डाक्टरको टोली खटिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार