काठमाडौँ । पछील्लो समय व्यस्त गायक एंव सञ्चारकर्मी आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा खान्दोके सेलो ‘यार्सालि दोस्ति’ बजारमा आएको छ । उक्त गीत ClickNepal युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सिमराज तामाङले लेखेको गीतलाई जोगलाल लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ र लय संकलन भने आस्मान लोप्चनले नै गरेका हुन ।
बुद्ध लामा तितुङले निर्देशन गरेको म्युजिक भिडियोलाई छायांकन र रंग संयोजन सुर्य लामाले गरेका हुन । भिडियोको सम्पादन आस्मान लोप्चनलेनै गरेको हो भने श्रृङगार राजु वाईबा र एलिना तामाङले गरेका हुन ।
भिडियोमा रमेश ब्लोन , मोनिका लामा , कुइसाङ रुम्बा र मनोत्र झांक्रिको अभिनय देख्न सकिन्छ ।
गायक आस्मान लोप्चनको यो चौंथो खान्दोके सेलो प्रस्तुति हो । पहिलो बल्लपो तामाङको हुउ उठ्यो , दोस्रो वाला वाला रिबान , तेस्रो झिल्के खुवालि र चौंथो यार्सालि दोस्ति भर्खरै सार्वजनिक भएको छ ।
हेर्नुहोस् पूरा भिडियो






