जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छौ : नेता तामाङ

उज्यालो प्रतिनिधि ९ चैत्र २०७७, सोमबार कला/साहित्य

काठमाडौँ । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताएका छन ।

सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले माओवादीले आफुहरुलाई दिएको समर्थन फिर्ता लिएपनि प्रतिपक्षिमा बस्न र सरकार सञ्चालनको आगामी बाटो तय गर्न तयार अवस्थामा रहेको बताएका हुन । कतिपयले मुलुकमा फेरि अस्थिरता भयो भनेर टिकाटिप्पणी गरिरहेकोप्रति अहसहमति राख्दै उनले सरकारका कारण मुलुममा अस्थीरता पैदा नभएको बताए । तामाङले नेकपा (माओवादी केन्द्र) मा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेमा दुई धार रहेको दावी गरे ।

साक्षात्कारमा माओवादी केन्द्रका नेता अमनलाल मोदीले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे सोचिरहेको भन्दै छलफलमा नै रहेको बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता दिए पुन संसद बिघटन हुने खतरा रहेको तर्क गरे । नेता मोदीले सरकारलाई दिएको समर्थन फिर्ता लिने कुरा राष्ट्रिय रुपमा निकास निकाल्नुपर्नेमा रहेको बताए ।

त्यस्तै कांग्रेसका नेता सुरेन्द्र पाण्डेले सरकार बनाउनुपर्ने अवस्था नै नआएको जिकिर गरे । माओवादीले समर्थन फिर्ता लिएर प्रधानमन्त्रीले विश्वासको मत लिनुपरे कांग्रेसले सरकारलाई समर्थन नगर्ने स्पष्ट पारे ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता तथा २ नम्बर प्रदेशका सांसद मनिष सुमनले जसपा नेपाल कुनैपनि हालतमा नफुट्ने दाबी गरे । उनले आफुहरुको माग पुरा भए गुण र दोषका आधारमा आवश्यक दललाई समर्थन गर्ने बताए ।

उनले सत्ताको साँचो आफूहरुको हातमा आयो भनेर दम्भका साथ अर्गेल्याँई नगरेको पनि जिकिर गरे

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार