सांस्कृतिक सम्पदाको खोजी गरी बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक जातजातिका कला र संस्कृतिका विशिष्ट सम्पदाको खोजी गरी त्यस्ता अपार बौद्धिक सम्पत्ति प्रकाशनमा ल्याउनुपर्ने बताएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञसभाको ३७ औँ बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले देशका कला, संस्कृति, साहित्य, दर्शन र समाजशास्त्र देशलाई चिनाउने विशिष्ट गहना भएकाले मुलुकको भौतिकसँगै यस क्षेत्रको विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक रहेको बताएको हो । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री देउवाले कुनै पनि देशको विकास भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए। उनले कला, संस्कृति, इतिहास, दर्शन र साहित्यको संरक्षण तथा प्रवद्र्धन भएमा मुलुकलाई विश्व समुदायले पहिचान दिने स्पष्ट गरे । प्रज्ञा प्रतिष्ठानले नेपालको कला, साहित्य र संस्कृतिलाई देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान दिएको उनले उल्लेख गरे । प्रधानमन्त्री देउवाले मित्रराष्ट्रका प्राज्ञिक निकायसँगको साहित्यिक एवं थप पढ्नुहोस् ...










