गृह प्रशासनमा आधुनिक प्रविधिको प्रयोगदेखि आपराध नियन्त्रणका नयाँ योजनासम्म
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकार गठन भएको ठिक एक वर्ष पूरा भएको छ । सरकारले एक वर्षमा विगतमा अपनाइएका राम्रा कार्ययोजनालाई निरन्तरता दिँदै आवश्यकताका आधारमा नयाँ नीति, योजना तयार पारी लागू गरेको छ । सरकारले गृहप्रशासन सुधार गर्दै शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न तथा अपराधका नयाँ शैलीका चुनौती सामना गर्न प्रविधिको प्रयोग र दक्ष सुरक्षा जनशक्तिको विकासमा जोड दिएको छ । गृहमन्त्री बालकृष्ण खाणले गृहप्रशासन सुधारदेखि अपराध नियन्त्रणसम्म आधुनिक प्रविधिको प्रयोग बढाउँदै नयाँनयाँ आपराधिक चुनौती सामनाका लागि दक्ष जनशक्ति तयार पार्ने कार्यतर्फ सरकारले ध्यान दिएको बताएको छ । प्रविधिको विकाससँग नयाँ खालका आपराधिक क्रियाकलाप मुलुकमा देखिन थालको छ । विदेशमा बसेरै नेपालमा आपराधिक गतिविधि सञ्चालन भएका पाइएको छ भने सामाजिक सञ्जालको दुरुपयोगबाट हुने आपराधिक क्रियाकलाप थप पढ्नुहोस् ...


