आज रातिदेखि काभ्रेका मुख्य सडकमार्गमा निषेधाज्ञा
काभ्रे । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ । जिल्ला कमान्ड पोष्टका संयोजकसमेत रहनुभएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यही वैशाख २६ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने बताउनुभयो । जिल्लामा शनिबार मात्रै ९८ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो सङ्ख्यासहित हालसम्ममा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४०७ पुगेको छ । निषेधाज्ञाको समयमा काभ्रेपलाञ्चोकको भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ पाँच सय मिटरको क्षेत्र बन्द रहने भएको छ । त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ थप पढ्नुहोस् ...













