काठमाडौँ । बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ ।
काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।
ट्राफिक प्रहरीका प्रवक्ता श्याम कृष्ण अधिकारीका अनुसार अघिल्ला दिनहरुको तुलनामा यात्रुहरुको चाप बढेको छ । तर अहिलेसम्म तथ्यांक अद्यावधिक भइनसकेको उनले बताए ।






