उज्यालो फोकस

तनहुँमा २७ वन्यजन्तुको उद्धार, जीवितलाई सुरक्षित बासस्थानमा व्यवस्थापन

दमौली (तनहुँ), १२ असारः डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२/८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेलापरेका थिए भने २१ वटा जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको हो । कार्यालयका अनुसार मृतावस्थामा उद्धार गरिएका वन्यजन्तुमा दुईवटा चितुवा, एक चरीबाघ, एक मृग, एक स्याल र एक भार्से रहेका छन् । यस्तै जीवित अवस्थामा उद्धार गरिएका वन्यजन्तुमा एक चरीबाघ, चार अजिङ्गर, १४ विभिन्न प्रजातिका सर्प तथा एउटा गिद्ध रहेका छन् । रानाभाटले वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने, घाइते हुने, दुर्घटनामा पर्ने थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १२ असार २०८३, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार