अन्नपूर्ण हिमाल आरोहण दिवसमा दोर्दीमा पर्यटन प्रवर्द्धन कार्यक्रम
काठमाडौँ, ७६औँ अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा लमजुङको दोर्दी गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा अन्तक्र्रिया कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी जेठ २० र २१ गते सञ्चालन हुने आयोजकले जनाएको छ । उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका तथा अन्नपूर्ण संरक्षण आयोजना (एसीएपी)को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजकका अनुसार यस वर्षको कार्यक्रमले दोर्दी क्षेत्रका सम्भावनायुक्त नयाँ पदमार्ग तथा पर्यटकीय गन्तव्यलाई पर्यटन बजारमा स्थापित गर्न विशेष योगदान पुर्याउने अपेक्षा गरिएको छ । पछिल्ला वर्षहरूमा सडक विस्तार र बढ्दो व्यावसायीकरणका कारण केही स्थापित पदयात्रा मार्गहरूले आफ्नो मौलिकता गुमाउँदै गएका बेला दोर्दी क्षेत्रलाई प्रकृतिनजिकको, शान्त र वैकल्पिक पदयात्रा गन्तव्यका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ । थप पढ्नुहोस् ...












