झापामा तीन वर्षमा छ सय लिए सुरक्षित गर्भपतन सेवा
झापा, जिल्लामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउने सूचीकृत सरकारी स्वास्थ्य संस्था २७ छन् । नगर अस्पताल, आधारभूत अस्पताल, हेल्थ पोस्ट, स्वास्थ्य सेवा केन्द्रलगायत छन् । निजी क्षेत्रका स्वास्थ्य संस्थाले पनि यो सेवा प्रदान गर्दै आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय का सूचना अधिकारी विश्वनाथ श्रेष्ठका अनुसार विगत तीन वर्षमा सूचीकृत संस्थाबाट १० हजार ४१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका ६०६ छन् । आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ८१९ जनाले सुरक्षित गर्भपतन सेवा लिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये २९२ जना २० वर्षमुनिका किशोरी थिए । यो सङ्ख्या पछिल्ला वर्षहरुमा घट्दो अवस्थामा छ । आव २०८१÷८२ मा सुरक्षित गर्भपतन सेवा लिनेको कूल सङ्ख्या तीन हजार ६३७ जना र २० वर्षमुनिका १८३ जना किशोरी थिए थप पढ्नुहोस् ...












