निजी फर्मले मल बिक्रीको अभिलेख राखेको भेटिएन
भद्रपुर (झापा), जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भद्रपुर र बिर्तामोड नगरपालिका तथा हल्दीबारी र बाह्रदशी गाउँपालिकामा बिक्रीवितरणका लागि अनुमति लिएका सहकारी तथा निजी फर्महरूको संयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा सहकारी संस्थाहरूले बिक्री विवरणसम्बन्धी बिल तथा प्रतिवेदन व्यवस्थित रूपमा राख्ने गरेको पाइए पनि अधिकांश निजी फर्महरूले त्यस्तो अभिलेख नराखेको भेटिएको उनले जानकारी दिए । सरकारले किसानलाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको युरिया, डिएपी र पोटासलगायतका रासायनिक मल स्थानीय तहले निर्धारण गरेको मूल्यमा बिक्री भइरहेको छ वा छैन थप पढ्नुहोस् ...












