राष्ट्रिय बाल नाटक मेला फागुन १८ गतेदेखि
काठमाडौं । बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित राष्ट्रिय बाल नाटक मेलाको दोश्रो संस्करण यही फागुन १८ गतेदेखि हुने भएको छ । नाट्यकर्मी महासंघ नेपालको आयोजनामा हुन गइरहेको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । २ महिना अगाडीबाट देशभरबाट आएका नाटकहरु मध्ये उत्कृष्ट नाटकहरु छनौट गरी फाइनल चरणका नाटकहरु छनौट गरिएको आयोजक नाट्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले बताए । ‘दोश्रो चरणको बाल नाटक मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । हामीले देशभर खुल्ला आब्हान गरी नाटकहरु माग गरेकोमा उत्कृष्ट ११ वटा नाटक फाइनलका लागि छनौट गरेका छौं ।’ अध्यक्ष रिमालले भने । विद्यालय स्तरबाटै बालबालिकाहरुलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो । मेलामा कक्षा ८ देखि थप पढ्नुहोस् ...












