ज्ञानकूप : पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्
जनकपुरधाम । धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि(ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ । मधेस प्रदेशमै संस्कृत महाविद्यालयको रूपमा स्थापित ज्ञानकूपमा सशस्त्र द्वन्द्वका बेला भने पठनपाठन करिब ठप्प भयो । ऐतिहासिक महत्वको यो विद्यालय फेरि पुरानै अवस्थामा फर्किएला भनेर धेरैले अनुमान गरेका थिएनन् तर सशस्त्र द्वन्द्व सकिएको केही वर्षमै विद्यालयले पुरानै लक्ष्यका साथ पठनपाठन सुरु गर्यो । “द्वन्द्वले संस्कृत शिक्षा सङ्कटमा थियो । धेरै जना संस्कृत पढ्नसमेत डराउँथे । त्यसैले विसं २०६६ मा फेरि पठनपाठन सुरु गर्दा घरघर गएर खोज्दा पनि करिब २५–२६ जना विद्यार्थीमात्रै पाएका थियौँ । सबैको मेहनतका कारण हरेक वर्ष विद्यार्थी थपिँदै गए । अहिले हामीले विद्यार्थी खोज्न जानु नपर्ने अवस्था बनाएका छौँ”, प्रधानाध्यापक सञ्जयकुमार झाले थप पढ्नुहोस् ...












