एमालेमा गएका माओवादी नेताहरु चाँडै फर्कनुहुन्छ, केही दिन पर्खनुस् : नारायणकाजी श्रेष्ठ

उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७७, बुधबार उज्यालो फोकस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चाँडै एमालेमा रहेका आफ्ना नेताहरु माओवादी केन्द्रमा फर्कने दाबी गरेका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि उनले सो कुरा बताएका हुन् । संचारकर्मीले सोधको प्रश्नको जवाफमा उनले केही दिन पर्खेर हेर्नका लागि आग्रह गरेका छन् ।

उनले भने, ‘केही दिन पर्खनुस न । बैठकमा आए मात्रै फर्किएको हुन्छ र ?’

पूर्व माओवादी नेताहरुले यसबारे चाँडै आफ्नो धारणा सार्वजनिक गराउने भन्दै उनले भने, ‘उहाँहरुले यसबारेमा आफ्नो चाँडै धारणा सार्वजनिक गर्नुहुन्छ ।’

साथै, सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय भएको पनि उनले जानकारी दिए । ‘नैतिक रुपले राजीनामा दिनु जरुरी थियो। त्यस्तो नभएकाले अरु पार्टीसँग छलफल गरेर हामी निर्णय गर्छौ,’ उनले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार