काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको बताएका छन् ।
बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको जानकारी दिएका हुन् ।
उनले बिएन्डसीलाई काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी पनि दिए ।
‘बिएन्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको काम उनै दुर्गा प्रसाईंलाई थाहा छ । यो काम अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘अब यो अस्पताल अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ। केही समयभित्रै शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हामीले प्रक्रिया अगाडि बढाइसकेका छौं । यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ ।’