काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीमा केपी ओलीजस्ता धुन्धुकारी व्यक्ति पनि जन्मिएको टिप्पणी गरेका छन् ।
एक टेलिजिभन अन्तर्वार्ताका क्रममा उनले ओलीजस्ता धुन्धुकारी आफ्नो पार्टीमा जन्मिएको बताएका हुन् । धुन्धुकारीको अर्थ फट्याई गरिरहने उद्दण्ड व्यक्ति भन्ने लाग्छ ।
५ वर्ष सरकार चलाउन जनमत पाउँदापाउँदै कम्युनिष्टले कांग्रेससँग सहकार्य गर्न खोज्नु आफूहरुको बाध्यता भएको उनको भनाई थियो । यसको कारक ओली नै भएका उनको भनाई थियो ।
‘सरकार गठनका लागि हामी खुला छौँ, हामी सहकार्यका लागि तयार छौँ’ उनले भनका छौँ, ‘हेर्नुस्, कम्युनिष्ट पार्टीमा केपीजस्ता धुन्धुकारी पनि जन्मिए, अनि हामीले मात्रै के गरौँ त ? हामीसँग अरुसँग मिलेर सरकार बनाउनुको विकल्प नै छैन ।’






