काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको पतनको बाटो निश्चित भइसकेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित बृहत विरोधसभामा सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीको पतन निश्चित भएको छ। ओलीका फुर्ती हावामा उठिसकेको छ ।’
नेता नेपालले ओलीका म्यादी केन्द्रीय सदस्यको बिजोक भएको बताए । ‘निर्वाचन आयोगको पत्रपछि ओलीको म्यादी प्रहरी जस्ता केन्द्रीय सदस्यहरूको ‘हिस्स बुढी खिस्स दाँत’ जस्तै भइसक्यो ।’ उनले भने ।
ओलीको पछि लागेकाहरूले गल्ती सच्चिएर फर्कन आग्रह गरे । उनले ओलीसँग सती जानुभन्दा मूलधारमा फर्कन आग्रह गरेका छन्।